पौष २७, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल आयल निगमलाई समयसापेक्ष र प्रतिस्पर्धी भएर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल आयल निगम ५० औं वर्षमा प्रवेश गरेको अवसरमा शनिवार राजधानीमा आयोजित स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उनले पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र बिक्रीवितरण गर्दै आएइको निगम सुरक्षासँग पनि जोडिएको भन्दै उनले यस्तो काम निजी क्षेत्रलाई दिनुभन्दा पनि भएको संस्थालाई प्रतिस्पर्धी र बलियो बनाएर लैजानुपर्नेमा जोड दिए ।
देशलाई विद्युतीकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्दै लैजानुपर्नेमा जोड दिँदै मन्त्री भट्टले निगमले पनि आगामी दिनमा विद्युत र विद्युतीकरणमा ध्यान दिन आग्रह गर्दै अब पेट्रोलियम नीति ल्याउनुपर्ने बताए । गोरखापत्र दैनिकमा खबर छ ।