पुरातात्विक र सांस्कृतिक सम्पदा पुनर्निर्माणमा धादिङ जिल्ला पछाडी

Post Thumbnail

माघ ३, धादिङ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेका सम्पदाको निर्माण कार्यमा ८३ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ । भूकम्प गएको पाँच वर्ष पुग्नै लाग्दा पुनर्निर्माणको कार्यले अपेक्षित गति लिन सकिरहेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा वि।स। २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा औषतमा ८३ प्रतिशत प्रगति भएको बताएको हो । प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ ।

निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा रहेका धादिङका ८३ हजार ४१ मध्ये ७६ हजार ६ सय २८ घरधुरीले सरकारसँग सम्झौता गरिसकेका छन् । जसमध्ये पहिलो किस्ता बुझेर घर निर्माण गर्न सुरु गरी दोस्रो किस्ता लिनेको सङ्ख्या ६५ हजार ९ सय ७२ रहेको छ । निजी अवास निर्माणमा सन्तोषजनक प्रगति देखिए पनि अन्य पुरातात्विक र सांस्कृतिक सम्पदाको पुनर्निर्माणले भने खासै गति लिन सकेको छैन । भूकम्पले बढी क्षति पुर्‍याएको नुवाकोटमा पनि पुनर्निमाणको क्रम चलिरहेको छ । जिल्लाका ७४ हजार ९ सय ४३ लाभग्राहीमध्ये ६६ हजार ८ सय घर निर्माण सम्पन्न भइसकेका छन् । पछिल्लो चरणको गुनासो सम्बोधनमा थप ४ सय १९ जना लाभग्राही थपिएका छन् । पुनर्निर्माणको काम अपेक्षित नभए पनि काम भने अघि बढिरहेको छ । रसुवामा ९० प्रतिशत भूकम्प पीडितले नीजि आवास निर्माण गरेका छन् । १९९० साल माघ २ गते गएको भूकम्पलाई आधार मानी नेपालमा वि।स। २०५५ सालदेखि आजको दिनलाई भूकम्प दिवसको रुपमा मनाउन थालिएको हो ।

भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा पुनर्निर्माणको गति तीव्र देखिएको छ । निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा रहेका ८९ हजार घरधुरी मध्ये ८६ हजार परिवारले सरकारसँग सम्झौता गरिसकेका छन् । सरकारी भवन निर्माण पनि ९० प्रतिशत सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ । गोरखामा ६५ हजार ८ सय लाभग्राही रहेकोमा ६५ हजार ५ सयले अनुदान सम्झौता गरेका छन् । भूकमपको केन्द्रविन्दु रहेको गोरखामा करीब ९० प्रतिशत नीजि आवास निर्माण सम्पन्न भईसकेका छन् ।

तस्विर : फाईल

हेमनारायण मन्दिर

ताजा अपडेट

खोजी गर्नुहोस