उपत्यकामा सवारीसाधन व्यवस्थापनमा ३ तहको रुट प्रणाली तयार

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ । एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडक प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो ।

रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन् । विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ । विभागक महानिर्देशक गोगनबहादुर हमालले भने, अपडेट गर्दै छौं, जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने छौं, कार्यान्वयनमा जाने तयारीमा छौं । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस