माघ ७, काठमाण्डौ । वैशाख १ गतेदेखि विद्युतीय बस चलाउने गरी प्रदेश सरकारले काम गरिरहेको बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
काठमाडौं, ललितपुर, भरतपुर महानगरपालिका, हेटौंडा उपनगरपालिका, भक्तपुर नगरपालिकाका साथै गल्छी र गजुरी गाउँपालिकाका प्रतिनिधिसँग आइतवार मुख्यमन्त्री निवासमा भएको छलफल कार्यक्रममा उनले नयाँ वर्षदेखि विद्युतीय बस चलाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।