गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रङ्गशाला : गल्छिको बालुवा सहयोगपछि अब बेनिघाट रोराङले १ सय ट्रीपर गिट्टी दिने

Post Thumbnail

माघ २०, धादिङ । चितवनको रामपुरमा निर्माणाधिन रुपमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई बिभिन्न क्षेत्रबाट सहयोग प्राप्त भईरहेको छ । गत शनिबार मात्र धादिङको गल्छि गाउँपालिकाले एक सय ट्रिपर बालुवा हस्तान्तरण गरेको छ । आफ्नो पालिकामा भएका बस्तुहरुलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताएका छन् ।

धादिङ बेनिघाट रोराङ गाउँपालिकाले पनि उक्त गौतमबुद्ध क्रिकेट रङ्गशालालाई एक सय ट्रिपर गिट्टी सहयोग गर्ने उद्घोष गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेकोे गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि एक सय ट्रिपर गिट्टी सहयोग गर्ने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले बताए । शनिबार बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी सहितको गाउँपालिकाको टोली रङ्गशाला निर्माण स्थलमै पुगेर उक्त घोषणा गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस