आफैं विजुली बस चलाउने कसरतमा बाग्मती प्रदेश, अघि बढ्यो कार्ययोजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २४, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाण्डौ । विद्युतीय बस खरिदका लागि साझा यातायातलाई दिएको तीन अर्ब रुपियाँ सङ्घीय सरकारले फिर्ता लिएपछि बाग्मती प्रदेशले पनि प्रतिबद्धता फिर्ता लिएको छ ।

बस खरिदका लागि साझा यातायातलाई ३० करोड रुपियाँ बाग्मती प्रदेश सरकारले दिने सहमति गत असार १६ गते भएको थियो तर हाल बाग्मती प्रदेशले पनि सरकारले आफैँ कम्पनी खडा गरेर विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने
कार्ययोजना अघि बढाएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय प्रदेश यातायात निगमको स्थापना गरी विद्युतीय बस सञ्चालनको तयारी थालेको छ ।

प्रदेश यातायात निगम स्थापना गर्नका लागि सङ्घीय सरकारलाई कम्पनी दर्ताको लागि अनुरोध पठाइएको भौतिक पूर्वाधार मन्त्रालय बाग्मती प्रदेशका सचिव तजराज भट्टले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस