बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ माघ २८, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

हेडवक्र्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकाले हाललाई अस्थायी डाइभर्सन गरी असारमा ल्याउन लागिएको हो । मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सिनो हाइड्रोले कामलाई तीव्र बनाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गरी बोनस पाउनेगरी काम गरिरहेको उनको भनाइ छ ।

प्रवक्ता पन्तले भने, काम द्रुतगतिमा भएको छ, कामको प्रगति राम्रो छ, बोनस खानेगरी कम्पनीले कम गरेको छ, अहिलेसम्म हेर्दा बोनस खाने सङ्केत देखिएको छ, यसको मतलब तोकिएको समय अगावै काम सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस