फाल्गुण ४, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा वितरणतर्फको चुहावट ९ दशमलव ७८ प्रतिशतमा झारेको छ । गएको आर्थिक वर्षमा ११ दशमलव २८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई यो आर्थिक वर्षको पुससम्ममा ९ दशमलव ७८ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ ।
यो आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावटलाई साढे ८ प्रतिशतमा झार्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भएर काम गरिरहेको छ ।