भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माण : ८३ प्रतिशत काम सकियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण क्षति भएका निजी आवास निर्माणको ८३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निमाणको काम परिणाममुखी नभएको जनगुनासो आईरहेको बेला प्राधिकरणले उल्लेखनीय काम भएको दावी गरेको हो । प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले भूकम्प बढी प्रभावित १४ जिल्लामा सांस्कृतिक सम्पदाको ५१ प्रतिशत काम पूरा भएको बताए । यसै गरि स्वास्थ्य क्षेत्रमा एक हजार १९७ भौतिक संरचना पूनर्निर्माण गर्नु पर्नेमा ६ ६५ बनिसकेको अर्यालले जानकारी दिए ।

यसै गरी अन्य भौतिक संरचनाको काम तीव्र गतीका काम भईरहेको प्राधिकरणले जनाएको छ । आम मानिसको जनचासो भएको धरहराको काम ३५ प्रतिशत पूरा भईसकेको प्राधिकरणले बताएको छ । यसै गरी रानीपोखरीको ५० प्रतिशत काम पूरा भएको छ । देशकै प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार भित्रका क्षतिग्रस्त भवनको प्रवलीकरणको काम पनि चलिरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पर्यटन बर्ष २०२० लाई लक्षित गरी काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरूको पुनर्निर्माण द्रूत गतिमा अघि बढाएको बताएको छ ।
अहिले सम्म २ ८८ अर्व ९५ करोड ३२ लाख रकम खर्च भईसकेको प्राधिकरणले जनाएको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले मानवीय सँगै ठुलो भौतिक क्षति गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस