काठमाडौंमा विद्युतिय तार भूमिगत बनाउने कार्य सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युतिय तारलाई भूमिगत बनाउने काम सुरु गरेको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्जस्थित प्रहरी तालिम केनद्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन् ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस