चक्रपथ दोस्रो खण्ड विस्तारको तयारी

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ फागुन ९, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण ९, काठमाण्डौ । चक्रपथको कलङ्कीदेखि धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडक विस्तारका लागि आगामी महिनासम्ममा ‘साइट’ खाली गराउने गरी काम अघि बढिरहेको छ । यस खण्डमा अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ ।

सडक विस्तारका लागि झण्डै दुई हजार १०० रुख कटान भइसकेका छन् । बाफलमा रहेको सेनाको ब्यारेकको पर्खाल सार्ने काम भइरहेको छ । ब्यारेकभित्र रहेका रुख काटिने काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । यहाँ रहेका बिजुलीका पोल र खानेपानीका पाइप सार्ने काम अघि बढिरहेको आयोजनाका प्रमुख अमृतमणि रिमालले बताए । खानेपानीका पाइप सार्नका लागि ठेक्का सम्झौता भइसकेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस