फाल्गुण १४, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–जडीबुटीमा हुने सवारी चापलाई मध्यनजर गर्दै लेन सम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सवारी चापको व्यवस्थापनका लागि सो रुटमा बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो ।
एसएसपी ढकालका अनुसार विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा चलाउनुपर्ने छ । छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी भने दायाँ लेनमा गुडाउनु पर्ने छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रमुख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्वरको सवारी जामको समस्या थोरै भए पनि कम हुने अपेक्षा गरे ।