फाल्गुण १४, काठमाण्डौ । भिनाजू नमस्कार, कोरोना भनेर हल्ला गर्छन्, के छ खास कुरा भन्नुस् त ? असुरिक्षत लाग्छ भने त्यहाँबाट हिँडीहाल्नु पर्छ है’ दक्षिण कोरियामा इपिएस कोटा मार्फत कार्यरत भिनाजूलाई नेपालमा रहेका सालोले म्यासेन्जरमा गरेको प्रश्न हो यो ।
‘अहिलेसम्म त्यस्तो डराउनु् पर्ने कुरा त छैन, भोलिका दिन बढ्न सक्छ, बढी हाल्यो भने नेपाल आउने सोचमा छु, अहिलेसम्मको जानकारी अनुसार हाम्रोभन्दा अर्कै शहरमा नौ सय जनामा कोरोना भाइरस देखिएको भन्ने कुरा छ, ३५ हजारमा लक्ष्यण देखिएको छ,आठ जनाको चाही मृत्युनै भइसक्यो ।’
सालोलाई उत्तर दिदै भिनाजूले भने पछि सालो अर्थात यो पंत्तिकारले जिज्ञासा राख्दै सम्बन्धित क्षेत्रमा रहेका थप नेपालीलाई बुझ्ने प्रयास ग¥र्यो । भिनाजू अर्थात कोरियामा पाँच बर्षदेखि कार्यरत काभ्रेपलाञ्चोक जिल्ला शंखुका ३७ बर्षिया श्यामहरि लामिछाने छन् ।
नेपाल समन्वय समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष गणेश तिमल्सिना कोरियामा रहेका नेपालीहरू सुरक्षित रहेको बताए । उनले मिडियामा भनेको जस्ते भयावह अवस्था भने नभएको बताए । जुन शहरबाट रोग सुरु भएको भनिएको छ त्यहाँको शहर शील गरिएका कारणले समस्याग्रस्त जस्तो प्रचार भए पनि नेपालीहरु भने सुरक्षित रहेको तिमिल्सिनाले बताए ।
कोरियाको फाजुसी सियोलमा नेपाली कामदार सुरिक्षत रहेको बताउँदै सो शहरमा एक हजारदेखि १५ सय कामदारले नियमित रुपमा काम गरिरहनु भएको बताए । तर आफूहरू प्रत्यक्ष आमनेसामनेमा परेर कुराकानी गर्ने, माक्स र पञ्जा नलगाएको मान्छेहरुसँग नबोल्ने गरेको तिमल्सिनाले बताए ।