फाल्गुण १५, काठमाण्डौ । सरकारले दुईवटा केबलकार आयोजनालाई सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । गत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नवलपुर जिल्लाको मौलाकालिका पुग्ने र रुपन्देहीको सिद्धार्थ केबलकार आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले दुई आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको जानकारी दिए ।
उनका अनुसार मौलाकालिका केवलकार आयोजनाको रो अलाइनमेन्ट १०–१० मिटरसहित केही संरचना रहने गरी र माथिल्लो स्टेसन निर्माण गर्न नवलपुर जिल्ला ९बर्दघाट सुस्तापूर्व नवलपुर०को गैडाकोट नगरपालिका १ मा पर्ने मौलाकाली सामुदायिक वन÷मौलाकालिका धार्मिक वन समेत गरी कुल २।८२०६ हेक्टर जग्गा प्रयोग गर्न पाइनेछ । त्यस्तै, सिद्धार्थ केवलकार आयोजनाले तल्लो स्टेसन निर्माण गर्न रुपन्देहीको बुटवल उपमहानगरपालिका १ स्थित राष्ट्रिय वन क्षेत्रको थप कुल जम्मा २।११८ हेक्टर जग्गा प्रयोग गर्न पाउने भएको छ ।