ब्लुरेन इन्टेर्नेसनल बोर्डिङ स्कुलको २८औँ अभिभावक दिवस सम्पन्न

Post Thumbnail

फाल्गुण १७, काठमाडौ । ब्लुरेन इन्टेर्नेसनल बोर्डिङ स्कुलले आफ्नो २८औँ अभिभावक दिवस मनाएको छ । प्रत्येक बर्ष एकदिन यो दिवस मनाउदै आएकोमा यो बर्ष भने शुक्रबार र शनिवार दुई दिन बिद्यालय परिसरमै दिवस मनाएको हो । बिदालयले कक्षा ४ सम्म शुक्रबार र कक्षा ५ देखि कक्षा १० सम्म सनिवार दिवस मनाएको हो ।

कार्यक्रममा शिक्षा तथा खेलकुदमा अब्बल बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो भने बिध्यार्थी भाइबहिनीहरुले नाचगानमा आफ्नो कला प्रस्तुत गरेका थिए । शुक्रबारको कार्यक्रममा बिद्यालयका अध्यक्ष बुद्धवीर लामाको अध्यक्षता तथा अभिभावक एबम् संचारकर्मी घनश्याम रिजालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले बिध्यालय आज पनि अब्बल र भोलिपनी अब्बल रहँदै नमुना बिध्यालयको रुपमा स्थापित हुन सफल भएको बताए । प्रमुख अतिथीका रुपमा रहेका संचारकर्मी घनश्याम रिजालले गुणस्तरीय शिक्षाको लागि सबैको पहल आबश्यक रहेको बताए । उनले शिक्षा नै जीवनको ज्योती भएको भन्दै सबै बिद्यार्थीहरुमा शिक्षाको पहुँच पुर्याउनु पर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस