चक्रपथको कलंकी–धोबिखोला सडकखण्ड विस्तार गर्न पूर्वतयारी सुरु

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाडौं । चक्रपथको कलंकी–धोबिखोला (चाबहिल) सडकखण्ड विस्तार गर्न सडकको सीमा क्षेत्र (राइट अफ वे) खाली गरिने प्रक्रियालाई सरकारले तीव्र पारेको छ। चीन सरकारको सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणमा अन्तर्गत कलंकी–धोबिखोला सडक विस्तार हुनेछ ।

चक्रपथ विस्तार दोस्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने स्वीकृति प्रदान गरेको हो । फागुन १८ गते बसेको मन्त्रिपरिषद्ले चक्रपथ विस्तार गर्न जग्गा अधिग्रहणको प्रारम्भिक अधिकारी तोक्न चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई स्वीकृति दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस