फाल्गुण २३, चित्लाङ । मकवानपुरको थाहालाई छोटो दुरीमा काठमाण्डौं जोड्ने नाका खुल्ला भएको छ । पर्यटकहरुलाई छोटो दुरीमा काठमाण्डौंबाट पर्यटकिय नगरी भित्र्याउने सडक चित्लाङ–थानकोट सडकमा यातायात सञ्चालनमा आएसंगै नगरबासीमा खुशीयाली छाएको छ । सडक निर्माण गरिने भन्दै अवरुद्ध भएको दुई वर्षपछि उक्त सडकमा यातायात आवागमन बन्द भएको थियो ।
चित्लाङ चन्द्रागिरी सडकमा १६ फागुनबाट चार पाङ्ग्रे तथा दुईपाख्रे सवारी साधन चल्न थालेको स्थानीय हरि मगरले जानकारी दिएका छन् । सडक निर्माणको बहानामा ठेकेदार कम्पनी किरातेश्वर कन्ट्रक्सनले बाटो बन्द गरिदिएका कारण वि।सं। २०७४ मंसिरदेखि नै गणेशमान मार्गमा यातयातका साधन सञ्चालनमा आउन सकेको थिएन ।
जसका कारण स्थानीयले मात्रै नभइ चित्लाङ घुम्न आउने पर्यटकले समेत घुमाउरो बाटोबाट यात्रा गर्नुपर्दा सास्ती भोग्दै आएका थिए । चित्लाङ थानकोट सडकबाट यातायत सुचारु नभएपछि दक्षिणकालीबाट फाखेल तथा सिस्नेरी वा नौबिसे हुँदै कुन्छालबाट चित्लाङ जानुपर्ने बाध्यता थियो ।