छ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थल बुटिक बन्दै

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ फागुन २५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ ।

अबको छ महिनाभित्रै अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णरुपमा बुटिक विमानस्थल बनाइनेछ । बुटिक विमानस्थलको अन्तिम तर मुख्य काम अन्तरराष्ट्रिय टर्मिनल बाहिरपट्टिको क्षेत्रमा छानो हाल्ने ‘क्यानोपी’ राख्न बाँकी छ । यो पनि ठेकेदारले साथ दिए छिट्टै सकिने विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चालु आर्थिक वर्ष अर्थात अबको छ महिनाभित्र विमानस्थ बुटिकका रुपमा रुपान्तरण भइसक्ने बताए । उनले भने , “विमानस्थललाई बुटिक बनाउने काम लगभग सकिने क्रममा छ, अबको मुख्य काम भनेको क्यानोपी राख्ने हो, यो काम पनि रफ्तारमा अघि बढ्छ ।”

विमानस्थलमा यात्रु व्यवस्थापन गर्ने क्यानोपी बनाउने काम भने कम चुनौतीपूर्ण छैन । विद्युत्, ढल र खानेपानी व्यवस्थापन गर्नुपर्ने भएकाले भौतिक संरचना निर्माणमा ढिलाइ हुने विमानस्थल कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । ‘परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने’ गरी विमानस्थल सिङ्घार्ने काम भइरहेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस