२ जना नेपालीमा कोरोनाको सङ्क्रमण देखियो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । १४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको स्वास्थ्य विभागले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस