कोरोनाले वैदेशिक व्यापार घटेन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ११, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाण्डौ । कोरोना भाइरसको प्रभावले धेरै देशको व्यापारमा प्रभाव परे पनि नेपालको वैदेशिक व्यापारमा असर नपरेको देखिएको छ । फागुन महिनासम्म नेपालको वैदेशिक व्यापारमा खासै कमी आएको छैन ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका सुरुका आठ महिना अर्थात साउनदेखि फागुनसम्म ९ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गएको वर्षकोभन्दा एक दशमलव ११ प्रतिशत कमी हो भने अघिल्लो महिनासम्म गएको वर्षको तुलनामा कुल वैदेशिक व्यापारमा दुई दशमलव शून्य एक प्रतिशतले कमि आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस