घरभाडाको ५० हजार छुटदिने घरधनी मनोजको घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १७, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र १७, बारा । बाराको निजगढस्थित एकजना घरधनीले घरभाडा बापतको ५० हजार रुपैयाँ छुट दिने घोषणा गरेका छन् । लकडाउनको समय थपिएपछि बाराको निजगढमा रहेको समता एजुकेशन फाउन्डेसन ट्रस्टद्धारा सञ्चालित समता निकेतन निजगढको घर बाहाल भाडा नलिने स्थानीय समाजसेवि तथा घरधनी मनोज भारतीले एक महिना बराबरको रकम ५० हजार छुट गर्ने निर्णय गरेका हुन् ।

भारतीले यो महामारीबाट स्कूल सञ्लालन गर्न नपाएको हुँदा सो रकम छुट गर्ने घोषणा गरेको बताए । लामो समयदेखि वैदेशिक रोजगारीमा रहेर फर्किएका भारती पछिल्लो समय काठमाडौंमा फिटवेएर गारमेन्ट सन्चालन गर्दै सयौंलाई रोजगारी प्रदान गरिरहेका छन् । उनी गतबर्ष नेपाल सरकारको राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भएका थिए । निजगढ क्षेत्रमा घरभाडा छुट दिने भारती पहिलो ब्यक्ति हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस