चैत्र १७, धादिङ । कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकजना बिरामीको सोमबार मृत्यु भएको छ। उनको परिक्षणको रिपोर्ट आइपुगेको छैन । अस्पतालका निर्देशक प्रा। डा। विष्णु शर्माले सो अस्पतालमा कोरोनाको आशंकामा तीनजनालाई आइसोलेसनमा राखिएको बताए । ३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते आएका थिए । उनको आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले बतायो । धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।
उनका पिताका अनुसार ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याइएको थियो । उनलाई आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो ।१६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि कार्यरत् उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो । नेपालखबरबाट