बागलुङकी कोरोना संक्रमित युवतीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकको भनाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ संक्रमित बाग्लुङकी युवतीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् । २२ वर्षीया ती युवतीको धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसोलेसनमा उपचार भइरहेको छ। उनलाई गएको शनिबार कोरोना संक्रमण पुष्टी भएको थियो । ती युवतीको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिए । ‘आइसोलेसनमा बसेदेखि उनले खाना खान मन गरेकी थिइनन्,’ पोखरेलले भने, ‘तर सोमबार देखि भने खाना खान थालेकी छन् । मनोवल पनि राम्रो छ ।’

स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षणको तयारी अस्पतालले गरेको छ । उनको सोमबारै स्वाब निकालिएको छ । उनी ४ चैतमा फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको जहाजमार्फत नेपाल आएकी थिइन् । उनी कठमाडौँबाट जहाजमा पोखरा र त्यहाँबाट स्कार्पिओमा घर पगेकी थिइन् । उनी आमालाई भेट्न फ्रान्स गएको खुलेको छ । टेकुमा उपचार गराइरहेकी काठमाडौँकी कोरोना संक्रमित युवती र उनी एउटै जहाजमा कतारबाट नेपाल फर्किएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस