चैत्र १८, काठमाण्डौ । अर्थोपेडीक सर्जन तथा समाजसेवी डा गोविन्द केसी तीन साताअघि देखि स्वास्थ्य सेवा दिन डडेलधुरा अस्पताल पुगेका छन ्। डा केसी डडेलधुरा पुगेर काम गरेपछि त्यहाँको वातावरणमा फरकपन आएको त्यहा‘का चिकित्सक, बिरामी र उनीहरुका आफन्तहरुले बताउन थालेका छन् ।
‘डाक्टर कस्तो हुनुपर्छ भन्ने धेरै कुरा डा केसीबाट सिक्ने मौका मिलेको छ । जागिरबाहेक डाक्टरको मानवीय धर्म कस्तो हुनुपर्छ, स्वभाव कस्तो हुनुपर्छ, बिरामीसंग गर्ने व्यवहार कस्तो हुनुपर्छ भनेर जान्न पाएका छौं । डा केसी असाधारण मानवीय भावना भएका सच्चा सेवक हुन्। उपक्षेत्रिय अस्पताल डडेल्धुरामा कार्यरत एक चिकित्सकले जानकारी गराए । बूढा डाक्टर जनतासंग छन् तर बूढा र तन्नेरी नेताहरू भने कोरोनाको आतंकले आईसोलेशनमा दूला पसिरहेको समेत उनको भनाई छ । यसअघि चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा केसी गत कार्तिक १८ गते डडेल्धुरा पुगेर आमरण अनसनमा बसेका थिए ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै उनले अनसन स्थगित गरेका थिए । त्यस्तै गत फागुनमा पनि उनले डडेल्धुरा पुगेर जिल्ला अस्पतालमा रहेका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।