यो साता तरकारीको भाउ ५० प्रतिशतसम्मले घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ ५० प्रतिशतसम्म घटेको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा तरकारी नियमित आइरहेकाले अघिल्लो साताको तुलनामा यो साता तरकारीको थोक मूल्य घटेको जानकारी दिए । समितिका अनुसार बुधबार प्रतिकेजी गोलभेँडा ३८, बन्दा ३३, काउली स्थानीय २२, घिउसिमी २२, सेतो मुला १९ रुपियाँ थोकमा कारोबार भइरहेको छ तर खुद्रा बजारमा यी तरकारीको भाउ चार गुनाभन्दा बढी महँगो छ ।

बजार अनुगमन नहुँदा खुद्रामा तरकारी भाउ मनपरी भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा सरकारको उपस्थिति नहुँदा तरकारीमा मात्रै नभई अन्य खाद्यान्नमा समेत व्यापारीले उपभोक्तामाथि लुट मच्चाएको आरोप लगाए ।

गुनासो आए मात्रै अनुगमन
यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने आवश्यकताका आधारमा विभागले निरन्तर बजार अनुगमन गरिरहेको दाबी गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्ताको गुनासो आउनेबित्तिकै अनुगमनका लागि टोली खटाएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस