चैत्र २५, चितवन । भरतपुरमा स्थापना भएको कोरोना विशेष अस्थायी अस्पतालको प्रयोगशालामा पठाईएको १६ जनाको स्वाबको रिपार्ट नेगेटीभ आएको छ । श्रोतका अनुसार कोराना अस्थायी अस्पतालबाट पठाईएको सबैको स्वाब नेगेटिभ आएको हो । सोमबार चितवन र नवलपुरका गरी १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
भरतपुर ल्याबमा पठाइएको नमुना धेरैजसो विदेशबाट आएका व्यक्तिहरुका थिए । सरकारले सात प्रदेशमा स्वाब परीक्षण केन्द्र संचालन गरिरहेको बेला चितवन माहानरपालिकाको सक्रियतामा कोरोना परिक्षण प्रयोगशालाको स्थापना गरिएको हो ।