चैत्र २५, काठमाण्डौ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस कोभिड–१९ को र्यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ । र्यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली सोमवार साँझ धनगढी आइपुगेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयले त्यसमा चार जना सदस्य थप गरेर परीक्षणका लागि टोली खटाइएको जनाएको छ ।