चैत्र २५, नुवाकोट ।समाजसेवी जगत लामाले बेलकोटगढीका सबै वडामा पिपिईसहित स्वास्थ्य सामग्री प्रदान गरेका छन । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि उनले नगरपालिकाका सवै वडा स्वास्थ्य चौकीमा पिपिई, मास्क, सेनिटाइजर लगायतका सामग्री प्रदान गरेका हुन । सुकुमान मेमोरियल पोलिक्लिनिकका संस्थापकसमेत रहेका समाजसेवी लामाले बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा अवस्थित दुईपिपल स्वास्थ्य चौकीलाइ १ थान थर्मल थर्मोमिटर , १ सेट पिपिई, २०० थान मास्क ४ ओटा साबुन र २ वटा सेनिटाइजर प्रदान गरेका हुन् ।
लामाले सो स्वास्थ्य सामाग्री बेलकोटगढी–५ का वडा अध्यक्ष अनन्तराम नेपाल र बिपत्त व्यस्थापन समितिको उपस्तिथितमा हस्तारण गरेका थिए ।त्यस्तैगरी कोल्पुटार हेल्प डेस्कलाई १ थान थर्मल गन थर्मोमिटर,१ थान डिजिटल BP सेट,१ थान O2 मिटर,२०० ओटा मास्क,१ थान ग्लोभ्स,२ थान सेनिटाइजर,राहत व्यवस्थापन समिती दुईपिपलाई HEN NEPAL का अध्यक्ष जगत लामा र सुकुमान मेमोरियल पोलिक्लिनिकका डा.दिल बहादुर थोकरका साथमा मेडििकल टिमका गोकुल रोकायले प्रदान गरेका हुन्।
क्रमशः बेलकोटगढि नगरपालिकाको वडा -८ च्यान थुङ्गामा रहेको स्वास्थ्यचौकीलाई समेत सोही वडाका वडा अध्यक्ष भोज प्रसाद पुडासैनीको रोहवरमा TPE १ थान,२ वटा मास्क,BP १ थान ,O2,सेनिटाइजर,४साबुन प्रदान गरेका हुन् भने तल्लो तिगाउ स्वास्थ्यचौकीलाई १ थान PPE सेट,२०० थान मास्क,२ थान सेनिटाइजर,१ थान थर्मल गन थर्मोमिटर,१ थान BP सेट,४ वटा साबुन,१ सेट ग्लोभ्स,साथमा Saturation probe प्रादन गर्नु भएको छ।
त्यस्तै मदनपुर स्वास्थ्यचौकीलाई १ थान PPE सेट,२०० वटा मास्क,२ वटा सेनिटाइजर र १ वटा Saturation probe र सुकुमान मेमोरियल पोलिक्लिनिकलाई समेत २०० वटा मास्क,थर्मल थर्मोमिटर, saturation probe,थर्मल २०० मास्क २ वटा PPE set,७ वटा सेनिटाइजर वितरण गरेका छन्।
पोलिक्लिनिकले नगरपालिकामा निशुल्क मास्क पनि वितरण गरिरहेको सामाजसेवी लामाले बताए । उनले नगरपालिकामा रहेका सबै स्वास्थ्य केन्द्रमा कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य समाग्री वितरण गरिने बताए ।
लामाले भने–’नगरपालिकामा रहेका शंकास्पद बिरामीलाई हेरचाह गर्न स्वास्थयकर्मी सुरक्षित हुनपर्छ , स्वास्थ्यकर्मिहरुले बिरामीको सहज किसिमले उपचार गर्ने वातावरण बनाउन म लागि परेको छु ।’ लामाले विश्वभरी माहामारीको रुपमा कोभिड–१९ फैलिरहेको र यो संकटको घडिलाई सबै मिलेर सफलता हासिल गर्नुपर्ने बताए । उनले सरकारले पालना गरेको लकडाउनलाई सबैले पालना गर्दै नियमित सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।