चैत्र २६, धुनिबेशी । धादिङ धुनिबेशी नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । धुनिबेशी नगरपालिकाले बनाएको आइसोलेशन वार्डमा बसेका दुई ब्यक्तिको आज आएको रिपोर्टमा नेगेटिभ आएको हो ।
बिदेशबाट आएका अन्य नागरिक होम क्वारेन्टाईनमा रहेको नगरप्रमुख आचार्यले बताए । चैत्र पहिलो साता आएका उनिहरुमा अहिलेसम्म कोरोनाको कुनैपनि लक्षण नदेखिएको बताइएको छ । होम क्वारेन्टाईनमा रहेको सबैको स्वास्थकर्मिले नियमित अपडेट लिइरहेका छन ।
उनको स्वाब परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा आज नेगेटिभ आएको धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले अनलाईनकेन्द्रलाई बताए । चैत्र ४ गते आएका अन्य ब्यक्तिहरुमा भने कुनै लक्षण नदेखिएको नगरपालिकाले जनाएको छ ।
यसैगरी धादिङमा कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । नीलकण्ठ नगरपालिका वडा नं १४ का १८ बर्षीय आयुस तामाङको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ ।