महावीर पुनद्धारा १ सय १८ वटा एम्बुलेन्सलाई पिपिई प्रदान

Post Thumbnail

चैत्र २६, काठमाण्डौ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक माहाबिर पुनले १ सय १८ ओटा एम्बुलेन्सलाई निशुल्क पिपिई बाडेका छन् । पिपिई नभएको कारण एम्बुलेन्स चालकले बिरामी ओसार्न नमानेको थाहापाएपछि उनले एम्बुलेन्स चालकलाई पिपिई लिन आउन आग्रह गरेका थिए । आविस्कार केनद्रमा दैनिक १२० देखि १३० ओटासम्म पिपिई उत्पादन भइरहेको उनले जानकारी दिए । त्यस्तै आविस्कार केन्द्रबाट नेपालभर १ सय ५० भन्दा धेरै अस्पतालले पिपिई लगेको पुनले बताए ।

केही दिन अगाडि पिपिई बनाउनको लागि आर्थिक अभाव भएको भन्दै पुनले ७ लाख रुपैयाँ सापट मागेका थिए। त्यस रकम मध्ये ४ लाख सापटी र ३ लाख दान पाएको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस