सडक पूर्वाधारमा लकडाउनको असर कम पर्ने : थानकोट–नौबिसे सडकको स्तरोन्नति हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २७, बिहिबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

चैत्र २७, काठमाडौँ । कोरोना भाइरसविरुद्ध मुलुकले लकडाउन गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् । विशेषगरी सडक पूर्वाधारतर्फ काम थाल्ने सरकारको योजना छ । सामान्य समयमा सवारी साधनको बाक्लोे आवागमन हुने थानकोट–नैबिसे सडक लकडाउनमा सवारी नचल्ने हुँदा स्तरोन्नति हुने तय भएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै थानकोट–नैबिसेलगायत सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने सडकहरूको कालोपत्रेमाथि कालोपत्रे ओभर–ले गरिने भएको छ । यस कार्यमा सहजीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई समेत अनुरोध गरिएको उनले बताए । स्तरोन्नतिका लागि भने सडकको चौडाइमा समेत सुधार गरिनेछ । अहिलेको अवस्थामा काम अगाडि बढाउन स्थानीयको समेत सहमति आवश्यक रहेको र त्यसका लागि अन्य संयोजन पनि मिलाउनुपर्ने उनले बताए । काठमाडौँ–हेटौँडा जोडिने कान्ति लोकपथको कामलाई अगाडि बढाइए पनि स्थानीयको अवरोधका कारण बुधबारदेखि काम रोकिएको जानकारीसमेत महानिर्देशक शर्माले दिए ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख राजेन्द्रराज शर्माले दैनिक करिब १५ हजार सवारीसाधन आवागमन हुने थानकोट–नैबिसे सडकको स्तरोन्नति गर्ने अहिले उपयुक्त समय रहेको बताउँदै स्तरोन्नतिका लागि निर्माण कम्पनीलाई आग्रह गरिएकोमा उनीहरू सकारात्मक रहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस