चैत्र २७, हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो पार्न लकडाउन वरदान सावित भएको छ । सडक खाली भएकाले अहिले वाग्मती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी सडकखण्डलाई निर्धक्कसँग फराकिलो बनाउने काम भइरहेको छ ।
दूरी व्यवस्थापनलगायत कोरोना भाइरससँग सम्बन्धित सबै प्रकारका सुरक्षा र सावधानीलाई पूर्णरूपमा पालना गर्दै काम गरिएको मन्त्री फुँयालले जानकारी दिए । भीमफेदीबाट कुलेखानीसम्मको १५।५ किलोमिटर सडक फराकिलो पारी कालोपत्र गर्ने कार्यका लागि प्रदेश सरकारले रु ३२ करोडमा मोतीदाना कम्पनीलाई ठेक्का दिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानी गरी दुई खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले चार मिटरको हालको बाटोलाई छ मिटरको चौडा बनाएर २०७७ फागुनसम्ममा कालोपत्र तथा ढलसमेतको काम सम्पन्न गरिसक्नुपर्ने छ ।