चैत्र २७, काठमाण्डौ । देश अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संभावित संक्रमणबाट बँच्न र बँचाउन लागिपरेको छ । जनताको स्वास्थ्य सम्बेदनशिलतालाई मध्यनजर राख्दै नेपाल सरकारले यसका लागि आफ्ना संपूर्ण साधन र स्रोतको व्यापक परिचालनका साथ अघि बढिरहेको छ । यस्तो जटिल एवं विषम परिस्थितिजन्य राष्ट्रिय अभियानमा सरकारलाई सहयोग गर्नु राज्यका हरेक निकाय तथा नागरिक समाजको दायित्व हुन्छ । युवा वर्ग देशको सबैभन्दा सक्रिय¸ उर्जाशील र गतिशिल जनशक्ति हो । अतस् राज्यले ठूलो अपेक्षाका साथ हेरेको युवा वर्गले यस विपत्तिको बेलामा आ(आफ्नो क्षेत्रबाट सहयोग गर्नु हामी सबैको कर्तव्य पनि हो ।
राष्ट्रिय युवा परिषद् अन्तर्गतका जिल्ला युवा समितिका अध्यक्षहरु तथा परिषद् मागहत गठित विभिन्न ६ वटा युवा सञ्जालहरुको भिडियो कन्फ्रेन्स मार्फत् बसेको संयुक्त बैठकको निर्णय तथा कोरोनाको संभावित जोखिमबाट जनमानसमा सिर्जित विविध खालका समस्याको समाधानका लागि राज्यका विभिन्न निकायहरुसँग निकटमा रही आवश्यक समन्वय र सहकार्य गर्दै स्वयमसेवकीय रुपमा युवा परिचालन गर्नुपर्ने दायित्वबोध गर्दै यस घडिमा राष्ट्रिय युवा परिषद् र अन्तर्गतका युवा सञ्जालहरु र यसमा आवद्ध देशभरिका युवा वर्गको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा साझा धारणाकासाथ यो अपील गरिएको छ ।
युवा स्वयमसेवकहरुलाई युवा परिषदको अनुरोध
१. सर्वप्रथम युवा स्वयं सचेत¸ शतर्क र सुरक्षित रुपमा बस्ने । यसका लागि विश्व स्वास्थ्य संगठन तथा आधिकारिक स्वास्थ्य संस्थाहरुबाट जारी सूचना र निर्देशनको पालना गर्ने र अरुलाई पनि गर्न लगाऔं ।
२. विश्वस्वास्थ्य संगठनको वेभसाइटमा गइ यस संगठनले अनलाइन मार्फत उपलव्ध गराएको । यो रोगबाट बच्न र बचाउने सीप तथा ज्ञान प्राप्त गरी तालीमको प्रमाण(पत्र प्राप्त गरौँ ।
३. हरेक युवाले सकारात्मक सोच र सेवाभावको विकास गर्ने । समस्याबाट डराउने¸ आत्तिने वा हतोत्साही बन्ने होइन कि धैर्यता र होशियारीपूर्वक आफ्ना दिनचर्यालाई अघि बढाऔं ।
४. प्रदेश १ देखि सुदुरपश्चिम प्रदेश सम्मका जिल्लाहरूमा कोभीड १९ को प्रभाव रोकथामका लागि गरेका प्रयास पछि उत्पन्न परिवेश जिल्ला जिल्लामा फरक पाइकोले फरक समस्याको समाधान संघीय सरकार र सम्बन्धित प्रदेश तथा स्थानीय सरकारको नीति भित्र रही खोजौं।
५, कोभिड १९ को प्रभावबाट जोगिनका लागि स्वास्थ्यकर्मीहरूद्वारा जारी गरिएको स्वास्थ्य सम्बन्धी सर्वस्वीकार्य उपायको पालना गर्ने र सर्वसाधारणलाई यसको पूर्ण पालना गर्न अनुरोध गरौं ।
६. कोभिड १९ को संक्रमणबाट आम नागरिकलाई बचाउन नेपाल सरकारले आआफ्नो घर बसी सुरक्षित रहन गरेको आव्हान सहितको लकडाउन र प्रदेश, जिल्ला र स्थानीय तहमा समेत आवागमन बन्द गर्न गरेको निर्णयलाई पूर्ण पालना गराउन स्थानीय तह र सुरक्षाकर्मीलाई सहयोग पुग्ने गरी आमनागरिकलाई अनुरोध गरौं ।
७. लकडाउनका अवधिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति नियमित गर्ने कार्यमा सरकारी, सहकारी तथा निजी क्षेत्रलाई सघाऔं ।
८. विपन्न परिवारका सदस्यलाई वितरण गरिने राहतका सामग्री समन्यायिक सिद्धान्तका आधारमा स्थानीय सरकार मार्फत वितरण गर्ने गराउऔं ।
९. हालै विदेशबाट आएका व्यक्तिहरूको पहिचान गरी स्वास्थ्य जाँच गर्न सघाउने र ती व्यक्तिहरूको विवरण स्थानीय तहलाई उपलव्ध गराऔं ।
१०. विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने कार्यमा सघाऔं ।
११. स्थानीय तथा प्रदेश तहलाई स्तरीय क्वारेन्टाइन बनाउन सघाऔं ।
१२. माथि उल्लेखित कार्यमा सहभागी हुन आ(आफ्नो सिमाना भित्रका युवा वा युवासँग सम्बन्धित संघ संस्थाहरूलाई सावधानी अपनाउँदै क्रियाशील रहन प्रेरित गरौं ।
१३. विश्वव्यापी रुपमा फैलिरहेको महामारी विरुद्ध सर्वसाधारणलाई बचाँउन अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरकारका प्रतिनिधिहरूलाई सम्मान गर्ने र उनीहरूलाई काममा बाधा पुग्ने वा सम्मानमा चोट पुग्ने अवस्थाबाट जोगाऔं ।
१४. सङ्कटको यस घडीमा दुर्नियत राखी सामाजिक सञ्जाल तथा आमसञ्चारका माध्यम दुरूपयोग गरी कसैले भ्रम तथा अफवाह फैलाएको रहेछ भने तत्काल खण्डन गरी स्रोत खुल्ने गरी सही र तथ्यगत सूचना सम्प्रेषण गरौं र तथ्य प्रमाण सहित जिल्ला प्रशासन कार्यालय उजुरी गरौं ।
१५. फुर्सदको समयमा अध्ययन, लेखन, करेसावारी सफाइ तथा अन्य यस्तै जमघट नगरिकन सम्पन्न गर्न सकिने खालका कामहरु जस्तै राम्रा र सन्देशमूलक किताब पढ्ने¸ लेख रचना गर्ने¸ योगा गर्ने¸ घर वरिपरि करेसावारीको सरसफाइ गर्ने¸छरछिमेकीहरुलाई समेत सरसफाइ गर्न प्रेरित गर्ने र फोहरमैलाको उचित विसर्जनमा सहयोग गरौं र उत्पादनमूलक वा नवप्रवर्तनात्मक काममा आफू सरिक भई अरुलाई पनि यस्तै काममा लाग्न प्रेरित गरौं ।
१६्. विषम परिस्थितिबाट पाठ सिकेर यस महामारीबाट हुनेरभएको क्षतिलाई सम्बोधन गर्दै दिगो विकासका लागि स्थानीय तथा प्रदेश तहले आगामी वर्षका लागि बनाउने बजेट तथा कार्यक्रम निर्माणमा सघाऔं ।
१७. विशेषतस् स्वास्थ्यकर्मी र सुरक्षा निकायहरुसंग निकट संपर्कमा रही आवश्यक समन्वय र सहकार्यमा सरकारको निर्देशनको पालना गर्ने गराउने काममा स्वयमसेवकीय भूमिका निर्वाह गरौं ।
१८. बैदेशिक रोजगारबाट फर्केका व्यक्तिको लगत संकलन¸ स्क्रिनिङ् र आवश्यकतानुसार क्वारेन्टाइन वा आइसोलेशनमा पठाउनुपर्दाको समयमा उनीहरुलाई आवश्यक परामर्श गरौं र यस कार्यका लागि स्थानीय सरकार वा समुदायलाई आवश्यक समन्वय सहयोग गरौं ।
१९. समाजमा बालगृह सुधार गृह¸ पुनस्थापना केन्द्र तथा वृद्धाश्रम हरुमा रहेका अपाङ्ग¸ असहाय¸ मानसिक समस्या भएका र दीर्घरोगी वा जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुलाई विशेष हेरचाह र सेवाका लागि विशेष सहयोग गरी मानवीयता देखाऔं । यस्ता वर्गलाई सहयोग गर्ने दाता वा सहयोगीहरुलाई थप उत्प्रेरित र प्रोत्साहित गरौं ।
२०. आ(आफ्नो घर¸ टोल वा सार्वजनिक स्थलहरुमा अनिवार्य रुपमा साबुन पानीको व्यवस्था गर्ने र सबैलाई हात धुने तरिका तथा सेनिटाइजरको प्रयोग सम्बन्धमा जानकारी दिऔं ।
२१. सार्वजनिक स्थलहरुमा भिडभाड गर्न नदिने र खाद्यान्न भण्डार तथा औषधी पसलहरुमा एकैचोटी ग्राहकहरुको ठुलो भिड हुन नदिई पालो वा कुपन प्रथाबाट पालैपालो सेवा दिने वातावरण निर्माणका लागि सहजीकरण गरौं ।
२२. युवा उद्यमीहरुबाट उत्पादित दैनिक उपभोग्य कृषिजन्य उत्पादनलाई सहज आपूर्ति तथा होम डेलिभरी गर्नका लागि युवा उद्यमीहरुलाई आवश्यक सहयोग गरौं । यसका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु¸ मास्क¸ पञ्जा¸ गाउन आदिको व्यवस्थापनमा सहयोग गरौं ।
२३. अत्यावश्यक सेवा प्रवाह गर्ने व्यक्ति¸ निकाय वा युवा उद्यमीका लागि सवारी पास उपलब्ध गराउन पहल गरौं ।
२४. सिमा नाकाबाट नेपाल छिरेका वा आउँदै गरेका नेपाली नागरिकहरुको ब्यवस्थापनका लागि स्थानीय¸ प्रदेश र संघीय सरकार तथा सुरक्षाकर्मी हरुसँगको समन्वयमा आवश्यक सहयोग गरौं ।
२५. वडा¸ गाउँरनगर¸ प्रदेश र संघीय स्तरमा गठित युवाक्लब सञ्जालमा आवद्ध युवाहरुले आ(आफ्नो क्षेत्रमा सम्बन्धित सरकारसँग समन्वय गरी स्वयमसेवकीय भुमिका निर्वाह गरौं ।
२६. गाउँरटोलमा कुनै विरामी परेको भए निजलाई छिटो भन्दा छिटो नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा लान सहयोग गरौं । सबै विरामी वा लक्षणलाई कोरोनासँग नजोडौं ।यस बारेमा जनसमुदायलाई सचेत बनाऔं । यदि तत्काल समस्या परेमा नजिकको प्रहरी चौकी¸ वडा कार्यालय तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसंग संपर्क तथा समन्वय गरौं ।
२७. यस्तो विपदको घडीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी राष्ट्रसेवक कर्मचारी जनप्रतिनिधि समाजसेवी एम्बुलेन्स चालक आदिलाई काम गर्ने उचित वातावरण निर्माण गरौं र निजहरुलाई उचित सम्मान गरौं ।
२८. मानवीय कार्यमा सहयोग गर्ने सामाजिक संघसंस्था र विकास साझेदार संस्थाहरुले सम्बन्धित स्थानीय तहसंग समन्वय गरी आवश्यक योगदान पुर्याऔं ।
२९. दैनिक उपभोग्य बस्तु उत्पादन तथा प्रशोधन गर्ने घरेलु उद्योग तथा अन्य ग्रामीण परंपरागत लघु उद्यमीहरुलाई आवश्यक सहयोग गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन लागौं ।
३०. समाजको एक जिम्मेवार नागरिक बनौं । यस राष्ट्रिय विपत्तिबाट आँफू बचौं र अरुलाई पनि बचाऔं । धन्यवाद ।