चैत्र २८, सर्लाही । लकडाउनको समयमा पनि रेलमार्ग निर्माणको काम भइरहेको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम धमाधम भइरहेको छ । सर्लाही र महोत्तरीे सीमामा रहेको बाँके खोलामा निर्माणको काम चलिरहेको हो ।
निर्माण कम्पनीका प्रतिनिधि तीर्थ श्रेष्ठका अनुसार बाहिरबाट कसैलाई पनि आउन नदिई र आवश्यक सम्पूर्ण सामग्री जुटाएर काम धमाधम गरिएको हो । लकडाउन सुरु हुनुभन्दा पहिले नै सामान आइपुगेको र बीच जंगलमा सामानको सुरक्षाका निम्ति पनि काम गर्नु परेको श्रेष्ठको भनाइ छ ।