जलविद्युत् आयोजनाका काम कतै धमाधम, कतै ठप्प

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • ८० पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट उत्पन्न संकटले निम्त्याएको बन्दाबन्दी ९लकडाउन० भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन् । केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका कतिपय आयोजनालाई कठिन हुने भएको छ ।

चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा थप एक हजार मेगावाट जोड्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको हालसम्म सरकारी तथा निजी क्षेत्रबाट १२२ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसके पनि एक हजार मेगावाटको लक्ष्यसम्म पुग्न निकै गाह्रो हुने स्थिति छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने, ‘चालू आर्थिक वर्षको यो अवधिसम्म १२२ मेगावाट प्रसारण लाइनमा जोड्न सकिएको छ । लकडाउनको अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसकिए पनि अझै थप २५० मेगावाटसम्मका आयोजनालाई सम्पन्न गर्न सकिन्छ भन्ने आशा राखेका छौं । तर एक हजार मेगावाटको लक्ष्य भेट्टाउन भने नसकिने स्थिति उत्पन्न भयो ।’ गोरखापत्र दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस