श्री क्षेत्रपाल भैरवनाथ सेवा समाजको सरसफाइ तथा जनचेतना कार्यक्रम

Post Thumbnail

बैशाख ३, काठमाडौ । विश्वभर कोरोना भाइरस (कोभिड -१९)को प्रकोपबाट आक्रान्त भइरहेका बेला नेपालमा पनि सतर्कताका लागि नेपाल सरकार लगायत विभिन्न संघ संस्था,समाज आदिले विभिन्न कार्यक्रमहरु गरिरहेका छन। कलंकी-१४ पश्चिम् हाइट स्थित श्री क्षेत्रपाल भैरवनाथ सेवा समाजले आफ्नो क्षेत्रभित्र पर्ने मुलबाटो, शाखा बाटो तथा घरवरपर सरसफाइका साथै किटनाशक औषधि प्रयोग गरि सरसफाइका साथै अनावश्यक भिड हुन नदिन सचेतना अभियान चलाइरहेको छ । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन पनि समाजले अनुरोध गरेको छ।
अत्यावश्यक बस्तुहरु खाध्यान्न,तरकारी,फलफूल लगायतका पसल बिहान ६:०० बजे देखि बिहान १०:०० बजे सम्म ब्यबस्थित रुपमा सामाजिक दुरि कायम राख्दै खोल्न दिइने समाजका अध्यक्ष कृष्ण खत्रीले बताए। यस क्षेत्रलाई सफा, शान्त र ब्यबस्थित गर्न समाजका युवाहरु सकृय रहेका छन। सबैले आ-आफ्नो क्षेत्रमा साबधानीका यी उपायहरु अबलम्बन गर्नसके कोरोनाको प्रकोपलाई जित्न सकिनेमा समाज आशाबादी छ । साथै सरकारले जारी गरेको लकडाउन लाई पालना गर्न सबैमा अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस