एक लाखसम्म विद्युत् महशुल अनलाइनबाटै भुक्तानी गर्न सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख ४, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले एक लाख रुपैयाँसम्मको विद्युत् महशुल अनलाइनमार्फत र सोभन्दा बढी भएमा वितरण केन्द्रसँगको समन्वयमा बैकिङ प्रणालीमार्फत बुझाउने व्यवस्था गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड–१९ को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।

महसुल काउण्टरहरूमा हुने भीडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउने प्राधिकरणले बताएको छ । १० चैतमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ग्राहकलाई अनलाइनमार्फत बिजुलीको बिल तिर्न आह्वान गरेको थियो तर मिटर रिडिङको अपडेट नहुँदा निर्णय कार्यान्वयनमा आएको थियो । मिटर रिडिङ अपडेट गरेर अनलाइनमार्फत महशुल भुक्तानीको लागि व्यवस्था गरिएको प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस