वैशाख ४, काठमाण्डौ । कोरोनाभाइरसले अहिले संसारलाई नै आक्रान्त पारिसकेको छ । यसबाट बच्ने उपायहरू पनि चिकित्सकहरूले लगातार बताइरहेका छन् । स्वास्थ्य विशेषज्ञहरूले बताएका यी उपाय अपनाएर कोरोनाबाट बच्न सकिन्छ
१. भाइरसबाट बच्न सरसफाइ अति नै आवश्यक छ । आफूवरिपरि सफा राख्नुस् । खोक्दाखेरी टिस्युलाई मुखमा राख्नुस् अनि खोकेपछि टिस्युलाई छोपेको डस्टबिनमा फ्याँक्नुस् । समय समयमा हात धुनुस् ।
२. राम्ररी हात धुनका लागि साबुन वा स्यानिटाइजर प्रयोग गर्नुस् । २० सेकेन्डसम्म हातलाई मज्जाले सफा गर्नु जरूरी छ । हात धोएपछि सफा कपडाले पुछ्नुस् ।
३. घरबाट निस्कँदा मुखलाई एन९५ मास्कले ढाक्नुस् ।
४. बजारमा किनेको खाल्पदार्थ काँचै नखानुस् । मासु पा हरियो सागपात खानुअघि मज्जाले उमाल्नुस् ।
५. नचिनेको मानिससँग निकट सम्पर्क नराख्नुस् । सकेसम्म कसैसँग हात नमिलाउनुस्, मिलाएपछि राम्ररी हात धुनुस् ।
६. आँखा, नाक र मुखमा घरिघरि हात नलग्नुस् । त्यसो गर्नेबित्तिकै हातमुख राम्ररी धुनुस् ।
७. खोकी, रुघा र ज्वरो छ अनि सास फेर्न गाह्रो भइरहेको छ भने छिट्टै चिकित्सककहाँ गइहाल्नुस् ।
८ .चिकित्सकको सल्लाहलाई नियमित रूपमा पालन गर्नुस् ।