चितवनमा कोरोना आशङ्का गरिएका एक जनाको नतिजा नेगेटिभ

Post Thumbnail
वैशाख ४, चितवन । र्यापिड डायग्नोष्टिक परीक्षण ९आरडिटी०का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो । सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।
यस्तै राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ । उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए ।
कैदीको मृत्यु
कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस