दशगजामा छाडिएका ९१ जना नेपालीलाई छलफल पछि पुनः भारततर्फ फर्काइयो

Post Thumbnail

वैशाख ५, सर्लाही । भारतीय सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित कनौली नाकामा ल्याएर छाडेका ९१ जना नेपालीलाई पुनः भारततर्फ नै फर्काइएको छ । भारतीय सुरक्षाकर्मीहरुले बिहीवार राती सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिकामा पर्ने लखन्देही खोलामा दशगजा नजिकै ट्रकमा ल्याएर नेपालीहरुलाई छाडेका थिए । त्यसरी छाडिएकामध्ये ९१ जनालाई भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी सुक्रवार अपरान्ह पुनः भारततर्फ नै फर्काइएको हो ।

निरन्तरको समन्वयपछि क्वारेन्टाइनमै राख्ने गरी दशगजामा ल्याएर छाडिएका सबै नेपालीलाई भारततर्फ फकाईएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । बिना जानकारी सीमामा ल्याएर छाडिएका नेपालीलाई जिल्ला स्तर र माथिल्लो निकायबाट समेत भारतीय अधिकारीहरुसँग सम्वाद तथा सहकार्य गरी घण्टौंपछि भारततर्फ नै फकाईएको हो । सीमामा ल्याएर छाडिएकामध्ये २४ जना भने सर्लाहीको चन्द्रनगर आइपुगेका छन् । ९१ जनालाई नेपालतर्फका सुरक्षाकर्मीले सीमामै रोकेर राखेपनि २४ जना भने लुकिछिपी चन्द्रनगरसम्म आइपुगेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस