कोरोना संक्रमित विश्वभरी २२ लाख ५० हजारभन्दा बढी,अमेरिकामा मृत्यु हनेको संख्या ३७ हजार कट्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ६, शनिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख ६,काठमाडौँ । कोरोना भाइरस (कोभिढ–१९) संक्रमण हुनेको संख्या विश्वभरी २२ लाख ५० हजार ७ सय ५२ पुगेको छ । वल्र्डोमिटरका अनुसार शनिबार बिहान ८ बजेर ५० मिनेट जाँदासम्म विश्वभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने १ लाख ५४ हजार २ सय ६१ पुगेको छ । यसैगरी संक्रमण भएकाहरु उपचारपछि घर फर्कने क्रम पनि बढेको छ ।

अहिलेसम्म ५ लाख ७१ हजार १ सय ४५ जना निको भएर घर फर्केका छन । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ३७ हजार १ सय ५८ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ भने त्यहाँ ७ लाख १० हजार २१ जना संक्रमित भएका छन । यसैगरी इटलीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ भने अहिलेसम्म त्यहाँ १ लाख ७२ हजार ४ सय ३४ जना संक्रमित भएका छन ।

यता स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार ८ सय ३९ जना संक्रमित भएका छन । छिमेकी देश भारतमा अहिलेसम्म ४ सय ८६ जनाको मृत्यु भएको भने त्यहाँ १४ हजार ३ सय ५२ जना संक्रमित भएका छन । चिनमा पनि मृत्यु हनुको संख्या बढेको छ । यद्यपी चिनले मृत्यु हुने सबै पुराना बिरामी भनेको छ । अहिलेसम्म चिनमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस