वैशाख ६, बागलुङ । बागलुङकी कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि आइतबार डिस्चार्ज हुने भएको छ । पहिलो नेगेटिभ रिपोर्ट आएको २४ घण्टापछि गरिएको दोस्रो परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने भएको हो ।
शनिबार राष्ट्रिय प्रयोगशालामा गरिएको अन्तिम परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।