लकडाउन खुलेको एक महिनापछि एसइई, ११ र १२ कक्षाको परीक्षा गर्ने बोर्डको तयारी

Post Thumbnail

वैशाख १०, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन खुलेको एक महिनापछि एसइई, ११ र १२ कक्षाको परीक्षा गराउने तयारी गरेको छ । बोर्डले यसबारे आज निजी तथा सामुदयिक विद्यालयका प्रतिनिधिसँग छलफल पनि गरेको थियो । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार परीक्षा केन्द्र तोकी लकडाउन खुलेको एक महिनापछि परीक्षा गर्ने गरी तयारी भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस