सिरहामा मान्छे  हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आए पछि राहत बितरण स्थगित 

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १५, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail
वैशाख १५, लहान । विश्व कै महामारी  कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको मुख्य मार गरिब, मजदूर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अ’पांगता भएको व्यक्तिहरुलाई बढी परेको छ।  यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गर्नु भने पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन्।  सिरहाको लाहान- १९  कटहामा मान्छे हेरिहेरी राहत बाँडिएको व्यापक गुनासो आए पछि राहत बितरण स्थगित गरिएको छ ।
दिनभर परिश्रम गरेर बिहानी बेलुकीको छाक टार्नुपर्ने समस्या का  मानिसहरुलाई  त्यहा भोकभोकै बस्नुपरेको   अवस्था  रहेको लाहान १९ का तत्कालीन राजपा नेपालका वडा कमिटी अध्यक्ष रामकुमार यादव ले बताएका छ्न। अध्यक्ष  यादव ले  गरीब  तथा  बिपन्न वर्गका परिवार हरुको समस्या लाई  मध्य नजर राख्दै एक प्रेस बिज्ञपति जारी गर्दै स्थगन गरिएको राहत बितरण कार्यक्रम वास्तविक पीडित पहिचान गरि पुनः संचालन को माग गरेको छ ।  सिराहाको लहान नगरपालिकाले एक करोड ३० लाख खर्च गरेको भएतापनि लागातार को  यस्ता गुनासोले नगरपालिकाको रवैया प्रति प्रश्न उठ्न थालेको छ ।
-राजेन्द्र महतो

ताजा अपडेट

खोजी गर्नुहोस