बन्दाबन्दीमै सकियो लामो झोलुङ्गे पुलको भौतिक निर्माणको काम

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ बैशाख १८, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १८, बागलुङ । बागलुङ र पर्वत दुई जिल्ला जोड्ने लामो झोलुङ्गे पुलको भौतिक निर्माणको काम बन्दाबन्दीकै समयमा सकिएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दावी गरिएको ५६७ मिटर लामो उक्त पुलको सम्पूर्ण भौतिक संरचना निर्माणको काम बन्दाबन्दीकै समयमा सकिएको हो । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भएपनि निर्माण स्थललाई पूर्ण रुपमा बन्द गरेर काम सकिएको निर्माण कम्पनीले जनाएको छ । पुलको बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले पार्कलाई पूर्ण रुपमा बन्दा गरेर कामदारको सुरक्षा सहित निर्माणको कामलाई अगाडि बढाइएको थियो ।

रङ्गीचङ्गी बत्ति जडान गरिने उक्त पुल वि।सं। २०७७ साल असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । अहिले भौतिक निर्माणको सम्पर्क काम सकिएको र पुलको दायाँ वायाँ विभिन्न रङगका बत्ति जडानका लागि वायरिङको काम भइरहेको थानी÷बिएलटी÷हिमशिखर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधी नरहरी खड्काले जानकारी दिए । पुल निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु पहिलेनै राखिएको र कामदार समेत रहेकाले बन्दाबन्दीका बेलापनि निर्माण नरोकी काम सकेर हस्तान्तरण गर्ने तयारी गरिएकोमा बन्दाबन्दीका कारण रोकिएको खड्काले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस