एफएओले नेपाललाई चार अर्ब ६९ करोड अनुदान दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख २१, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख २१, काठमाडौँ । हरित जलवायु कोष जिसिएफ र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ । चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे छ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुम श्रीकृष्ण नेपाल र यहाँस्थित एफएओका प्रतिनिधि सोमसक पोपोपिन्योले हस्ताक्षर गरे । उक्त परियोजना प्रदेश नं १, २ र वाग्तमती प्रदेशका चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा आश्रित दुई लाख ६८१ परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस