भूकम्प क्षति : जोखिम वर्गका लाभग्राहीले थप ५० हजार उपलब्ध गराउने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख २७, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले भूकम्पबाट क्षति भएका आवास निर्माणमा जोखिम वर्गका लाभग्राहीका लागि थप ५० हजार उपलब्ध गराउने कार्यविधि पारित गरेको छ ।

शुक्रबार बसेको बैठकले ७० वर्ष माथिका वृद्धवृद्धा, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ वर्ष मुनिका नाबालिगलाई आवास पुनर्निर्माण गर्न सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । यो कार्यविधि लागू भएपछि उनीहरुले बैंक खातामार्फत थप रकम पाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस