यूएईमा कोरोना भाइरसको संक्रमणले १९ नेपालीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ १९, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौं । खाडी मुलुक यूएईमा कोरोना भाइरसको संक्रमणले १९ नेपालीको मृत्यु भएको छ । त्यस्तै १ हजार ६ सयभन्दा बढी नेपाली संक्रमित भएको एनआरएनएले जनाएको छ । यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन ।

तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङक छैन । यूएईमा हालसम्म ३४ हजार ५ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६४ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस