जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी !

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ अषाढ ५, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाडौँ । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुयाए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ ।

कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ । विभागले रेलमार्ग निर्माणलाई बन्दाबन्दीको समयमा समेत जारी राखेको छ । उनले भने, “बन्दाबन्दीका कारण केही दिन रोकिए पनि त्यसपछि काम भइरहेको छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस