देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ अषाढ ८, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौँ । देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।

दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी चितवन, विजयपुर खोला कास्की, रतुवा खोला दमक, गछियाखोला मोरङ, तमोर नदी धनकुटा सडक, धरान, बाग्मती नदी शङ्खमूल, काठमाडौँ, तिनाउ नदी बुटवल, रोहिणी नदी भैरहवा, बकैया नदी मकवानपुर र बाग्मती नदी सर्लाही–रौतहटमा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो ।

सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस